प्रभु शाहले रौतहटबाट गरे मतदान

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 269
1 मि. पढ्न लाग्ने समय

रौतहट– एमालेका मधेश प्रदेशमै प्रभावशाली नेता मानिएका प्रभु साहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएर वागी बनेका छन ।

एमालेका वागी उम्मेदवार प्रभु साहले आईतवार बिहान आफ्नै गाउको मतदान केन्द्रबाट मतदान गरेका छन । रौतहट क्षेत्र नम्बर ३ स्थित मौलापुर मतदान केन्द्रबाट उनले मतदान गरेका हुन ।

मतदानपछि उनले भने –’आफ्नो अमूल्य मतको सदुपयोग गरी क्षेत्रसहित देशलाई सही मार्गदर्शन गर्नका लागि अनिवार्य रुपमा मतदानमा सामेल हुन सम्पूर्ण मतदाता समक्ष हार्दिक अपिल समेत गर्दछु ।’ भयरहित भएर मतदान गर्ने वातावरण बनाउन उनले सरोकारवाला निकायसंग आग्रह गरेका छन ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस