बिहान ७ बजे देखी मतदनान सुरु, बारामा शान्तीपुर्ण, रौतहटमा झडप

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 362
1 मि. पढ्न लाग्ने समय

बारा– बारामा शान्तीपुर्ण रुपमा मतदान भईरहेको छ । बिहान ७ बजे देखी सुरु भएको मतदान अहिले सम्म शान्तीपुर्ण रुपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मतदाताहरुले उत्साहक पुर्वक मतदान गरीरहेको स्थानीयले बताएका छन । बाराको चारवटै निर्वाचन क्षेत्रमा मतदान जारी रहेको जनाईएको छ ।

यसैगरी रौतहटमा पनि मतदान जारी रहेको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा दुई वटा मतदान केन्द्रमा विवाद भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ स्थित कनकपुर र पोठियाही मतदान केन्द्र बाहिर २ पक्षबीच झडपको अवस्था सिर्जना भएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गरेको छ ।

मतदान स्थल बाहिर रहेका दल प्रतिनीधी तथा उम्मेदवारका समर्थकहरुबीच भनाभन सुरु भएको थियो । विवाद चर्किएर झडपको स्थिती सृजना गरेपछि उत्तेजित भीडलाई तितरवितर पार्न हवाई फायर गर्नु परेको रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

निर्वाचन क्षेत्र नम्बर ३ स्थित कनकपुर र पोठियाही मतदान केन्द्रबाहिर २ पक्षबीच झडपको अवस्था सृर्जना भएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गरेको उनले जानकारी दिए ।

अहिले निर्बाध रुपमा रौतहट जिल्लाभर मतदान भइरहेको उनले जानकारी दिए ।

 

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस