‘बारामा अरर्बौको विकास गरेको छु’ प्रतिनिधी सभासदस्य यादव

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.7k
2 मि. पढ्न लाग्ने समय

बारा– बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य रामबाबु यादवले आफनो क्षेत्रको विकासको लागि अरबौ रुपैयाँ खर्च गरेको बताएका छन् ।

सडक ढलान, नाला निर्माण, मन्दिर निर्माण, स्वास्थ्य चौकी निर्माण लगायतमा अरबौ बजेट खर्च गरेको उनले जानकारी दिएका छन् । विभिन्न मन्त्रालयहरु सँग आफूले समन्वय गरी आफनो क्षेत्रको विकासको लागि अहोरात्र खटदै आएको उनले बताए ।

२०७४ सालको चुनावमा जितेर आएपछि क्षेत्रको विकासका लागि कुनै सम्झौता नगरेको उनले जानकारी दिए । क्षेत्रको सिस्वा महेशपुरमा मात्र विद्यालय भवन निर्माणमा ५० लाख, स्वास्थ्य चौकी निर्माणमा ४० लाख, खानेपानी टयांकी निर्माणमा १८ करोड, मुख्य सडक कालोपत्रेमा ४५ करोड, महेशपुर मन्दिर निर्माणमा २० लाख, इदगाह निर्माणमा १० लाख डिप बोरिङ्ग जडानमा १ करोड लगायतका विकास निर्माणका कामहरु आफनो पालामा गरिएको उनले जानकारी दिए ।

सांसदमा निर्वाचन भएपछि क्षेत्रको विकासका लागि सधै संसदमा आवाज उठाउँदै आएको छु, उनले भने,‘यो त एक ठाउँको कामको नमूना मात्र हो । मैले आफनो क्षेत्रको विकासको लागि कुनै कसर बाँकी राखेको छैन । बारा जिल्लामा मेरो क्षेत्र सबैभन्दा पिछडिएको क्षेत्र थियो ।

यसको विकासका लागि कुनै पनि नेताले ठोस कदम चाल्न सकेको थिएन । म आएपछि केही विकास देखिएको छ । यो भन्दा अगाडी यसको अवस्था झन दयनीय थियो । यति विकास गर्दा गर्दै पनि केही नगरेको भनि आरोप लाग्दै आएको छ ।

आरोप लगाउनेहरुले कम से कम मेरो क्षेत्रमा घुमेर एकचोटी हेरिदिन उहाँले आग्रह गर्नुभयो । आफू यसपालीको चुनावमा जितेपछि बाँकी रहेका अधुरा कामहरु पूरा गर्ने र विकासको लहर नै ल्याउने उनले जानकारी दिए ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस