बारा– पाच दलिय तथा तीन दलिय गठबन्धनबाट बिच्कीएका मतदाताहरुको झुकाव युवा मतदाताहरु प्रति बढदै गएको छ ।
विभिन्न पेसा व्यवसाय तथा जागिर गरी जिवन यापन गर्दै आफुलाई समाजमा स्थापित गरीरहेका युवाहरुको पछिल्लो समय राजनीतिमा सक्रियता बढेको छ ।
नेपाली कांग्रेस, एमाले, जसपा, लोसपा, राप्रपा सहितका राजिनीतिक दलमा आवद्ध नेता तथा यस भन्दा अगाडीको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुबाट जनचाहना पुरा हुने स्थिती नदेखिएपछि युवाहरु राजनीतिमा होमिएका छन ।
स्वतन्त्र तथा नयाँ दर्ता गरिएका दलको टिकटमा युवाहरु उम्मेदवारी दर्ता गराई यसपालीको निर्वाचनमा चुनावी प्रचार प्रसारमा जुटेका छन ।
सत्ता र शक्तीको लागी चुनवमा पनि दलिय गठबन्धन गरिएपछि आम मतदाता थप आक्रोशित हुदै गठबन्धनका उम्मेदवारसंग कठोर प्रश्न गर्न थालेका छन ।
विगतमा गरिएका वाचा किन पुरा गर्न नसकेको र जनताको लागी के विकास गरेको भनी आम मतदाताले प्रश्न तेस्र्याउन थालेका छन । चुनावको बेला मात्र बस्तीमा फर्केर आउने उम्मेदवारलाई यसपाली आम मतदाताहरु ब्यालेट पेपरबाट जोडदार जवाफ दिने तयारी गरेका छन ।
यसपालीको निर्वाचनमा दारु, मासु, साडी र नगद नोटको पछाडी नपर्ने आम मतदाताहरुले बताएका छन । ‘अहिले पहिलाको जस्तो मतदाताहरु प्रलोभनमा पर्दैनन्,’ देवताल गाउपालिका वडा नम्बर ७ का मतदाता ५१ वर्षिय मकसुद आलमले भने, ‘यसपालीको मतदान कर्मठ र स्वच्छ छविका युवा उम्मेदारलाई जिताउन गरिन्छ ।’ दलका उम्मेदवाहरुले जस्तोसुकै प्रलोभन देखाए पनि आफुहरुको निर्णय बदल्न सक्दैनन् । समाजमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने उम्मेदवारलाई नै आफ्नो भोट जाने उनले जानकारी दिए ।
पाच जना मतदाता रहेको उनको परिवारले एउटै उम्मेदवारको पक्षमा मतदान गर्ने उनले जानकारी दिए । यस क्षेत्रका किसान, बेरोजगार युवाहरुको निम्ती रोजगारी सृजना गर्न सक्ने, बालबालिकाको शैक्षिक गुणस्तरमा टेवा पुर्याउन सक्ने बारा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधी सभाका स्वतन्त्र उम्मेदवार प्रख्यात कानुन व्यवसायी अरुण कुमार ज्ञवालीको पक्षमा चापाकलमा मतदान गर्ने तयारी आफुहरुले गरेको उनले बताए । आफ्नो गाउबाट ठुलो संख्यामा चापाकलमै मतदान गर्ने तयारी मतदाताले गरेको उनले दाबी गरे ।
पेसालाई थाती राखेर निर्वाचनमा होमिएका ज्ञवालीले उठाएको एजेन्डाले आफुहरुलाई प्रभावित बनाएको र यसपाली उनलाई प्रतिनिधी सभामा पठाउने तयारी गरिएको उनले बताए ।
ज्ञवालीले चुनावी प्रचार प्रसार तथा घरदैलोको क्रममा मतदातालाई योग्य उम्मेदवारलाई मतदान गर्न जोड दिए । निर्वाचनमा होमिएका मध्ये योग्य जनप्रतिनिधीलाई छानेर मतदान गर्न उनले आग्रह गरे । क्षेत्रको मुहार फेर्न आफुले उम्मेदवारी दिएको उनले बताए ।
यस्तै बारा निर्वाचन क्षेत्र ३ मा प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवारी दर्ता गरी चुनावी प्रचार प्रसारमा होमिएका एकिकृत शक्ती नेपालका उम्मेदवार नरेश चौलागाईको पक्षमा पनि पछिल्लो समय युवाहरुको समर्थन बढदै गएको छ ।
त्रिशुल छाप निर्वाचन चिन्ह लिएर निर्वाचनमा होमिएका चौलागाईले आफनो पक्षमा जनसमर्थन बढाउदै दलिय गठबन्धनका उम्मेदवारलाई चुनौती दिन थालेका छन । उनको चुनावी प्रचार प्रसारकै कारण र बढदै गएको जनसमर्थनबाट गठबन्धका उम्मेदवारको पसिना बग्न थालेको स्थानीयले बताएका छन ।
यी दुबै युवा उम्मेदवारहरुले उठाएको चुनावी एजेन्डा दलका उम्मेदवार भन्दा फरक भएकोले उनीहरुको पक्षमा मतदाताको आकर्षण बढदै गएको स्थानीयले बताएका छन ।