निजगढका महिला जनप्रतिनिधीलाई जिम्मेवार बनाउन प्रारम्भिक प्रशिक्षण

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1k
1 मि. पढ्न लाग्ने समय

बारा– निजगढका महिला जनप्रतिनिधीलाई जिम्मेवार बनाउन चार दिने प्रारम्भिक प्रशिक्षण तालिम बाराको निजगढमा आयोजना गरिएको छ ।
निर्वाचित महिला जनप्रतिनिधीहरुको सक्रिय सहभागिता रहेको प्रारम्भिक प्रशिक्षण तेश्रो मोडयुल बुधवार देखी सुरु भएको हो ।

स्विस सरकार विकास सहयोग तथा आस्ट्रेलियंन एडको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहयोगमा तालिम संचालन गरिएको जनाईएको छ ।

माण्डबीको सहजीकरणमा निजगढ स्थित हेभेन होटलमा निर्वाचित महिला जन प्रतिनिधीहरुलाई स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउन चाहिने सिप, ज्ञान लगायतको विषयमा प्रशिक्षण दिन थालिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत राजु कुमार साहले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिलाहरुले समुह कार्य, बैठक योजना ब्यबस्थापन, बिधायकी प्रणाली, सक्रिय सुनाई, सञ्जालीकरण, संचार माध्यमसँगको सहकार्य, विकास, समुदाय परिचालन, व्यक्तीगत बिकासका लक्ष्यहरु लगायतका विषयमा ज्ञान हासिल गर्ने विश्वास लिईएको कार्यक्रम अधिकृत साहले बताए ।

महिला सहभागीहरुलाई ९ वटा सेसन अन्तर्गत तालिम अवधि भित्र प्रशिक्षण दिन थालिएको छ । सहभागीहरुलाई विषय विशेषज्ञहरु अरबिन्द चौधरी र निभा सिंहले प्रशिक्षण दिईरहेको उनले जानकारी दिए ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस