बारामा छुट्टाछुट्टै आगलागी, ६ लाख बढीको धनमाल जलेर नष्ट

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको निजगढ नगरपालिका र जितपुर सिमरा उप महानगरपालिकाको छुट्टाछुट्टै स्थानमा बुधवार भएको आगलागीमा परेर करीब ६ लाख रुपैयाँ बढीको धनमाल जलेर नष्ट भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ८ अस्सीबिघा स्थानमा लगाईएको उखु खेतमा अचानक आगलागी हुदा करीब ५ लाख मुल्य बराबरको एक विगहा क्षेत्रफलको उखु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

स्थानीय राम खत्रीको उक्त उखु खेतमा भएको आगलागीलाई स्थानीय वासिन्दा, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको उनले जानकारी दिए ।

आगलागी कसरी भएको हो खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यसैगरी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ शान्ती टोल बस्ने उजर देवानको घरमा आगलागी हुदा करीब एक लाख रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

अचानक भएको आगलागीमा परी घर भित्र राखिएको खाट, भाडाकुडा, लताकपडा, अन्नपात लगायतका मालसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कारण खुल्न नसकेको आगलागीलाई स्थानीय वासिन्दा, प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस