निकुञ्जले नै काट्यो जंगली हात्तीको दाह्रा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 948
1 मि. पढ्न लाग्ने समय

बारा– पर्सा राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रभित्र तथा वरीपरीको बस्तीमा क्षति पुर्याउने जंगली हातीको दाह्रा काटिदिएको छ । निकुञ्जले एक प्रेस विज्ञप्ती जारी गरी प्राविधिक टोलीको सहयोगमा डार्ट विधिवाट जंगली हात्तीको दुईवटा दाह्रा निकालिएको जनाएको छ ।

मानविय क्षति पुर्याएको जंगली हात्तीलाई बेहोस गरेर डार्ट विधिबाट दाह्रा निकालेर पुनः होस् आएपछि जंगलमा छोडिएको विज्ञप्तीमा जनाईएको छ ।

जंगली हात्तीले बिहीबार जितपुरसिमरा उपमहानगर वडा नं २१ की ५१ वर्षिय रुकैया खातुनलाई मध्यवर्ती क्षेत्रभित्र बाख्रा चराउने क्रममा आक्रमण गरेको थियो । घाईते महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जंगली हात्तीले करिव २० दिन देखि अमलेखगञ्ज क्षेत्रमा स्थानीयहरुलाई त्रसित बनाएको र जंगली हात्तीको आक्रमणको जोखिम बढेकोले बाध्य भएर डार्ट गरेर दाह्रा निकाल्नु परेको जानकारी दिएका छन ।

जंगलीको हातीको दाह्रा निकालिएपछि पशु अधिकारकर्मीहरुले त्यसको विरोध गरेका छन । वन्यजन्तुको संरक्षणमा खटिने संरक्षणकर्मीले वन्यजन्तुलाई हानी नोक्सानी पुर्याएपछि पशु अधिकारकर्मीहरुले त्यसको निन्दा गरेका छन ।

वन्यजन्तुको वासस्थान सुरक्षित पार्न नसक्ने अधिकारीले उल्टै उनीहरुको स्वरुप नै बिगार्ने काम गरेको अधिकारकर्मीहरुको आरोप छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस