२० प्रतिशतमै दल फुटाउन सकिने बाटो खुल्ला

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
1 मि. पढ्न लाग्ने समय

काठमाण्डौं– २० प्रतिशत सांसद वा केन्द्रिय सदस्यले चाहेमा दल फुटाउन सकिने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यस अघि रहेको ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुगेको अवस्थामा दल विभाजन गर्न सकिने प्रावधानलाई खुकुलो पार्दै नयाँ अध्यादेश जारी गरेकी हुन ।

नयाँ अध्यादेशले अब दलहरुलाई विभाजनका लागी सहजता प्रदान गरेको छ ।
लामो समय देखी संघर्षरत रहेको एमालेमा माधव कुमार नेपाल र जनता समाजवादी पार्टीमा महन्थ ठाकुरलाई दल फुटाउन अध्यादेशले सहजता प्रदान गर्ने राजनीतिक विश्लेषकले बताएका छन ।

मन्त्रीपरीषदले मंगलवार अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

यो लेख शेयर गर्नुहोस