अमेरिका–संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा गोली चल्दा बन्दुकधारी सहित तीन जनाको मृत्यु भएको छ ।
बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एक जना संदिग्ध व्यक्तिको हत्या गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मारिनेहरुमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले जानकारी दिएका छन ।