बारामा ५० लाखको खानेतेल चोरी गर्ने चार पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 926
2 मि. पढ्न लाग्ने समय

बारा– बाराको परवानीपुर गाउपालिका ५ बहुअरी स्थित एक उद्योगबाट ५० लाख रुपैयाँ मुल्य बराबरको खाने तेल चोरी गरी बेपत्ता बनेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरी गरेको तेल बिक्री वितरण गरी फरार रहेका चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाराले आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.१ घर भई काठमाण्डौ बस्दै आएका ४३ वर्षिय सुकमान तामाङ्ग, रौतहट राजपुर नगरपालिका वडा नं. ६ घर भई हाल ऐ. गौर नगरपालिका वडा नं. १ बस्ने ३८ वर्षिय रमेश कुमार, रौतहट बृन्दावन नगरपालिका वडा नं. ६ हर्साहा बस्ने ३८ वर्षिये शेख कलाम र रौतहट बृन्दावन नगरपालिका वडा नं. ८ बस्ने ४७ वर्षिय बैधनाथ साह तेली रहेका छन ।

चारै जना मिलेर मनोकामना आयल फुड प्रोसेसिङ्ग प्रालि बहुअरी बाराबाट प्रशोधित एक लिटरको १४ हजार ५ सय ६० किलो ग्राम पाउच र ५ सय ग्रामको पाउच गरी ५ हजार ९ सय १५ किलोग्राम तेल लोड भएको प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको भाडाको ट्रकमा लोड गरी बेपता बनाईएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बीरगंज स्थित अंजनी कैरियर बीरगंज पर्सा मार्फत सिन्धुली स्थित रोबिन सप्लायर्स प्रालि कमलामाईमा पुर्याउन हिडेको ट्रक बाटैबाट गायब भएपछि प्रहरीले खोजतलाश सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जनाकारी दिए ।

खोज तलासको क्रममा बेवारिशे अवस्थामा ट्रक फेला परेपछि ट्रक चालक नुवाकोट शिवपुरी गाउपालिका वडानम्बर १ बस्ने सुकमान तामाङ्गलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बिक्री भएको ३ सय १७ कार्टुन तेल (३ हजार एक सय ७० लिटर) र खाली कार्टुन एक सय ५९ वटा फेला पारिएको उनले जानकारी दिए ।

उक्त क्रियाकलापमा संलग्न भई फरार रहेका बाकी तीनै जनालाई नियन्त्रणमा लिएर चोरी मुद्दामा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस