बारा– मोटरसाईकल चोरीमा संलग्न रहेका ३ जनालाई पक्राउ गरी प्रहरीले आईतवार कलैयामा सार्वजनिक गरेको छ ।
मोटरसाईकल चोरीको घटना अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न व्यक्ती पक्राउ परेपछि कानुनी कारवाही प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा चोरीमा संलग्न कलैया उपमहानगरपालिका वडा नं.८ बस्ने २२ वर्षिय सोहेल अंसारी, कलैया उपमहानगरपालिका वडा नं.३ बैजनाथपुर बस्ने २० वर्षिय राकेश प्रसाद यादव र बारागढी गाउँपालिका वडा नं.४ बस्ने २४ वर्षिय रामकिशोर हजरालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
उनीहरुलाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएके छ ।