बारामा ६ छुट्टाछुट्टै सवारी दुर्घटना, बाबुको मृत्यु, दुई छोरी सहित १० घाईते

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
4 मि. पढ्न लाग्ने समय

बारा– बाराको छुट्टाछुट्टै स्थानमा मंगलवार भएको ६ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी बाबुको मृत्यु भएको छ । भने २ छोरी सहित १० जना घाईते भएका छन । जसमध्ये २ जनाको अवस्था गम्भिर घाईते भएका छन ।

पथलैया बीरगंज सडक खण्ड अन्र्तगत परवानीपुर गाउपालिका ४ सुन्दरपुरमा एक पिकपले बीरगंज तर्फ आउदै गरेको तीन जना सवार मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक बीरगंज महानगरपालिका १६ ईनर्वा निवासी ३८ वर्षिय राजेश रामको मृत्यु भएका हो ।

बीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ४ च ३४३२ नम्बरको पिकपले उनीहरु सवार ना २१ प १८३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा राजेश सहित मोटरसाईकलमा सवार उनकी १९ वर्षिय छोरी ममता कुमारी र १३ वर्षिय मुस्कान कुमारी घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

घाईतेहरु मध्ये राजेशको बीरगंज स्थित नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाईते दुबै जनाको खुट्टामा चोट लागेको र उनीहरुको पचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने पिकप ईलाका प्रहरी कार्यालय प्रसौनीको नियन्त्रणमा रहेको र पिकप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यसैगरी बाराको परवानीपुर गाउपालिका वडा नम्बर ६ चिरानमिल अगाडी अपरान्ह करीब पौने ५ बजे भएको सवारी दुर्घटनामा परी पचरौता नगरपालिका ७ बेनौली निवासी २५ वर्षिय उमेश गुप्ता र प्रसौनी गाउपालिका ५ बस्ने २१ वर्षिय शत्रुधन साह गम्भिर घाईते भएका हुन ।

कलैयाबाट बीरगंज तर्फ जादै गरेको निवासी प्रदेश न.२–०३०१२प.२६३८ नम्बर मोटरसाईकल र बिरगंजबाट कलैया तर्फ जादै गरेको प्रदेश न.२–०३०१३ प.९१२६ नम्बरको मोटरसाईकल एक आपसमा जुद्धा भएको सवारी दुर्घटनामा परी दुबै मोटरसाईकलका चालक गम्भिर घाईते भएका हुन ।

घाईते मध्ये गुप्ताको बीरगंज स्थित तराई अस्पताल र साहको नारयाण्ी अस्पताल बीरगंजमा उपचार भईरहेको र दुर्घटनाबारे थप अनुसन्धान भईरहेको भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित ३ नम्बर पुल नजिकै बीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ७ ख ८९६ नम्बरको कन्टेर अनियन्त्रित भई पल्टिदा भएको दुर्घटनामा नाम थर वतन नखुलेका सोही कन्टेनरका चालक र सहचालक सामान्य घाईते भएका छन ।

यसैगरी परवानीपुर गाउपालिका ५ रामजानकी मन्दिर नजिकै भएको सवारी दुर्घटनामा २ जना घाईते भएका छन ।

कलैयाबाट बीरगंज तर्फ जादै गरेको ग १७ प ९९२३ नम्बरको मोटरसाईकललाई सोही दिसा तर्फ जादै गरेको ना ६५ प ४२१५ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिदा ग १७ प ९९२३ नम्बरको मोटरसाईकल चालक फेटा गाउपालिका १ बस्ने २५ वर्षिय साहेब कुमार दास, ना ६५ प ४२१५ नम्बरको मोटरसाईकलमा पछाडी सवार बीरगंज महानगरपालिका १८ का २८ वर्षिय पुनेस राउत कुर्मी घाईते भएका हुन ।

घाईते दुबै जनाको बीरगंज स्थित तराई अस्पतालमा उपचार भईरहेको र दुबै सवारी साधन ईलाका प्रहरी कार्यालय प्रसौनीको नियन्त्रणमा रहेका छन ।

यसैगरी कलैया उपमहानगरपालिका ९ रामपुरमा ना ६ त ३२९५ नम्बरको ट्याक्टरमा जडान भएको मिक्चर मेसिन फुत्किएर ठक्कर दिदा साईकल चालक आदर्शकोतवाल गाउपालिका १ चिउटाहाका १७ वर्षिय धिरज कुमार कुशवाहा घाईते भएका छन ।

निधारमा घाउचोट लागेका कुशवाहाको कलैया अस्पतालमा उपचार भईरहेको ट्रेक्टर र मिक्चर प्रहरीको नियन्त्रणमा रहेको ट्रेक्टर र मिक्चर प्रहरीको नियन्त्रणमा रहेको छ ।

यसैगरी पथलैयाबाट बीरगंज तर्फ जादै गरेको ना ६ ख ५९८६ नम्बरको ट्रकले ना ५४ प. ८२०० नम्बरको माटरसाईकललाई परवानीपुर गाउपालिका ४ चैनपुरमा ठक्कर दिदा मोटरसाईकल चालक सर्लाही बागमती नगरपालिका ४ का २५ वर्षिय रुपेश कुमार महतो घाईते भएका छन ।

दुर्घटनामा गम्भिर घाईते महतोको गण्डक अस्पताल बीरगंजमा उपचार भईरहेको र ट्रक तथा मोटरसाईकल प्रहरी चौकी गण्डकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बारमा सडक दुर्घटनामा अत्याधिक वृद्धी भएको प्रहरीले जनाएको छ ।

यो लेख शेयर गर्नुहोस