पवन यादव
बारा–नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ४ को शनिवार सिमरामा सम्पन्न क्षेत्रिय भेलाले साझा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिवद्धता गरेको छ ।
गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले सिमरामा संचालन गरेको होटल क्लासिकमा आयोजित भेलाले यस्तो प्रतिवद्धता गरेको हो । भेलाले श्रेष्ठलाई जिताउन कुनै कसर बाँकी नराख्ने दाबी गर्दै नेपाली काग्रेसले हातेमालो गरी अगाडि बढ्ने विश्वास दिलाएको छ ।
भेलामा काग्रेसका सबै नेता कार्यकर्ताहरु एक भएर गठबनधनका उम्मेद्वारलाई जिताउन अघि बढ्ने निष्कर्ष निकालिएको छ । साझा गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यमा कृष्ण कुमार श्रेष्ठ किसान, ४ (क) मा क्षेत्र बहादुर श्रेष्ठ अनिल, ४ (ख) मा जितेन्द्र सोनल उम्मेदवार बनेका छन ।
भेलामा निर्वाचनको प्रचार अभियानमा हातेमालो गर्दै अघि बढ्ने र साझा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने निर्णय भएको भेलामा सहभागी नेपाली काग्रेसका क्षेत्रिय सभापति सुनिल गुप्ताले जानकारी दिए ।
पूर्व श्रम मन्त्रि किसान आफू काँग्रेस लगायत गठबन्धनले जिताउँछ भनेर बारा आएको बताए । ‘कलमको संगठन बलियो छ भनेर आएको होइन नेपाली काँग्रेसको विश्वासमा मलाई काँग्रेसले जिताउँछ भनेर आएको हुँ,’ उनले भने, ‘आफू तनहुँमा असाध्यै लोकप्रिय भएको र तनहुँ छोड्दा तनहुँका जनताले छाति पिटेर रोएका छन ।’ अब क्षेत्र नम्र ४ मा मधेसी र पहाडे, हिन्दु र मुस्लिमको नाममा राजनीति गर्ने जमाना गएको उनले बताए । सबै मिलेर गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्नेमा उनले जोड दिए ।
भेलामा नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पूर्व श्रममन्त्रि तथा साझा गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान), नेपाली काग्रेसकी आमन्त्रित केन्द्रिय सदस्य नारायणी रायमाझी (निरु), नेपाली काँग्रेस मधेश प्रदेशका सहमहामन्त्री जयनारायण यादव, निवर्तमान मधेश प्रदेश सभासदस्य शोभा लामा, नेपाली काँग्रेस बारा क्षेत्र नं ४ (ख) का सभापति लोकेश सिंह, जीतपुरसिमरा नगर सभापति छवि शर्मा, युवा नेता नवीन बराल, नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।