बारामा लागु औषध गाजा सहित दुई पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 861
1 मि. पढ्न लाग्ने समय

बारा– प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका १ बाट लागु औषध गाजा सहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने ४० वर्षिय संगम क्षेत्री र सोही ठाउकै २४ वर्षिय शिवशंकर साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पथलैयाबाट जितपुर तर्फ जादै गरेको ना २९ प ७३२१ नम्बरको मोटरसाईकललाई रोकी चेकजाच गर्ने क्रममा साढे ४ किलो लागु औषध गाजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

उनीहरुले पिठ्युमा राखेको झोला भित्र गाजा राखेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गाजा, मोटरसाईकल सहित नियन्त्रणमा लिएको डिएसपी थापाले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस