पवन यादव
बारा– दलका नेताहरुले विगतमा देखाएको आचरण र व्यवहारबाट प्रभावित मतदाताहरुले अहिले दल भन्दा असल उम्मेदवारको खोजीमा ध्यान केन्द्रित बनाएका छन ।
मनोनयन दर्ता भएको एक दिन नबित्दै मतदाताहरुले दल भन्दा फरक धार भएका उम्मेदवारको खोजी नीति सुरु गरेका छन । यसपाली कस्लाई निर्वाचित गर्ने हो भने विषयमा गाउ गाउमा चर्चा हुन थालेको छ ।
यसरी नै उम्मेदवारकै विषयमा कलैया उपमहानगरपालिका १६ का केही युवा मतदाता छलफलमा जुटेका थिए । उनीहरु उम्मेदवार छान्ने विषयमा निकै सचेत देखिएका छन ।
विगतका वर्षमा स्थानीय अगुवाको पछाडी लागेर मतदान गरेका युवाहरु यस वर्ष भने त्यो गल्ती नदोहोर्याउने पक्षमा छन । “विगतका निर्वाचनमा समुदायको अगुवा नेता तथा कार्यकर्ताले जहा भन्यो त्यही भोट हाल्यौं ।
एक जनाको पछाडि सिङ्गो समुदाय लाग्यो । भोट हालेर चुनाव त जितायौ तर चुनाव जितेका र भोट हाल्न निर्देशन दिएका अगुवाले समेत आफुहरुलाई बिर्सेको,’ स्थानीय योगेन्द्र पटेलले भने, ‘यस पटक त्यस्तो गल्ती दोहोर्याउने पक्षमा हामी छैनौ । वर्षौ देखिको सडक, नाला, शिक्षा स्वास्थ्य लगायतको समस्या समाधान गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई मात्र भोट दिन्छौ ।’ विगतका निर्वाचनमा कैयौ राजनीतिक दलहरुले चुनावमा जित्यौ भने कलैयालाई स्मार्ट सिटी बनाउने, बजार व्यवस्थापन गर्ने शिक्षा स्वास्थ्य लगायतका समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर प्रतिबद्धता, प्रतिबद्धतामा मात्र सिमित रहयो चुनाव जितेकाले कलैया बजारको विकासमा कुनै चासो नलिएको उनले बताए ।
कलैया बजारमा लामो समय देखी पसल थापेका एक व्यवसायीका अनुसार, वर्षौदेखि कलैया बजारको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै छ । अतिक्रमणको चपेटामा परेको बजारमा हिड्न समेत ठाउ छैन, राम्रो सडक छैन ।
यस्ता कैयौ आवश्यकताको पर्खाइमा हामी छौ”, ती पसलेले भने, “यी आवश्यकता पूरा गर्छौं भनेर हामीसंग प्रतिबद्धता गरेर जितेकाहरु कानमा तेल हालेर सुते फेरि कहिले पनि बजार व्यवस्थापन तथा कलैयाको विकासको लागि के गर्नु पर्छ भनी सोध्न पनि आएनन् ।
तिनै अनुहारहरु फेरि भोट माग्न घरदैलोमा पुगेका छन् । तर, हाम्रा आवश्यकता पूरा गरेर होइन, भोट माग्नको लागि आएका छन् ।” उनले यसपटक भने आश्वासन दिने भन्दा सम्भावना बोकेको नया व्यक्तिलाई भोट दिने उल्लेख गर्दै हिजोको जस्तो नागरिक अरुको लहैलहैमा लागेर होइन, स्थानीय आवश्यकता र नागरिकको अधिकारलाई सुरक्षित राख्न सक्ने उम्मेदवारलाई भोट दिने बताए ।
कलैया उपमहानगरपालिका–२ का सोनालाल पटेलले पनि पार्टी भन्दा व्यक्तिको पर्खाइमा रहेको बताए । राजनीतिक आस्था जुनसुकै पार्टीमा भए पनि यसपटक पार्टी भन्दा माथि उठेर सक्षम व्यक्तिलाई मौका दिनुपर्ने पक्षमा आफू रहेको उनले बताए । “म पनि कुनै राजनीतिक दलसंग आवद्ध छु । आस्थाले समुन्नत समाजको निर्माण नहुने रहेछ”, उनले भने ।, “समुन्नत समाजका लागि भिजन भएको व्यक्तिलाई यसपालीको निर्वाचनमा नेतृत्वमा ल्याउनुपर्छ ।” मैले अरुलाई दिने सुझाव पनि त्यही हो ।
अहिले पार्टी नहेरौ व्यक्ति हेरौ, उनको भनाई छ । कलैया उपमहानगरपालिका–१ का रवि पटेलले किराको प्रकोपले बालीनाली नोक्सान हुदा समेत पालिका देखि प्रदेश र केन्द्र सम्मका जनप्रतिनिधिहरुलाई हेर्ने समेत फुर्सद भएन । विघौ जग्गा बर्बाद भए । किसानहरुको दुःख सुन्नु त कता हो कता । आलो घाउमा मलम लगाउन समेत कोही आएनन ।
पटेलको मात्र होइन, खैरो खर्के किराको कारण कलैया उपमहानगरपालिका १६ का थुप्रै किसानहरुको बाली बर्बाद भयो । तर राहतको नाउमा आएको पैसा कहा गयो र कसले खायो थाहा भएन । कृषि ज्ञान केन्द्रले समेत बाढीबाट हाम्रो तिर क्षति नभएको हुदा किराको प्रकोपबाट क्षति पुगेका किसानको डाटा बाढी पिडितमै भरी पठाउन भनेपनि जितेका जनप्रतिनिधिहरुले चासो नदिदा लगानी समेत डुब्न गएको जानकारी दिए ।
गरिएका वाचा समेत पूरा गर्न नसक्ने यस्ता जनप्रतिनिधिहरुको के काम ? “हाम्रो समस्या जसले बुझछ र समस्याको समाधान हुन्छ भनि यकिन गरेर मात्र यसपाली भोट दिन्छौ”, उनले भने, “यसपाली नयाहरु पनि त्यस्तै छन् । तर पनि समय सापेक्ष जो उचित हुन्छ हाम्रो भोट त्यसमै पर्ने उनले जानकारी दिए ।
आश्वासनले हामीलाई केही दिन सकेन । हाम्रा पीडाको सम्बोधन कतैबाट पनि भएन, त्यसैले हाम्रो काम गर्ने उम्मेदवारलाई नै भोट दिइने उनको भनाइ छ । “अब पार्टी नभएर कुनै सक्षम व्यक्तिलाई चयन गर्न सक्यो भने मात्र विकास हुने भन्ने आशा अझै बाकी छ”, उको भनाई थियो । “घरघर आए भोट मागे । यो गर्छु त्यो गर्छु भने, चुनाव जिते सरकार चलाए ।
पाच वर्षसम्म भोट दिएर जिताएका जनतालाई कुनै नेताले सम्झिएनन् । हाम्रो समस्या बुझ्न कोही आएनन”, पटेलले भने, “अब हामी पनि सचेत भइसकेका छौ । कसले काम गर्नसक्छ कसले सक्दैन, त्यो छुट्याउन सक्ने क्षमता हामीमा पनि छ । त्यसै अनुसार हामीले पार्टी भन्दा पनि व्यक्तिलाई भोट हाल्ने उनले जानकारी दिए ।