बारामा ठुलो परिमाणमा प्रतिवन्धित ईन्जेक्शन सहित भारतिय पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
2 मि. पढ्न लाग्ने समय

बारा– प्रहरीले सिम्रौनगढ नगरपालिका २ महुवाहीबाट ठुलो परिमाणमा प्रतिवन्धित ईन्जेक्शन सहित एक जना भारतियलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना जितना पोष्ट बिजवनी ग्राम अगरवा वडा नम्बर २ बस्ने २८ वर्षिय मोहन प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले यादवलाई दुई हजार ७ सय पिस प्रतिवन्धित ईन्जेक्शन सहित पक्राउ गरेको हो । भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा यादवले चलाएको बि.आर. ०५ यू ४०३७ नम्बरको भारतिय मोटरसाईकल रोकी चेकजाच गर्ने क्रममा मोटरसाईकलको पछाडी पट्टीको सिटमुनी लुकाई राखेको अवस्थामा ९ सय थान डाईजेपाम, ९ सय थान फेनारगन, ९ थान नुरफिन गरी २ हजार ७ सय थान ईन्जेक्शन बरामद गरिएको हो ।

बरामद भएको प्रतिवन्धित औषधी सहित यादवलाई प्रहरी हिरासतमा राखी अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

बरामद भएको ईन्जेक्शनलाई नेपाली युवाहरुले लागु औषधको रुपमा प्रयोग गरीरहेको र यसले सबभन्दा बढी अभिभाव पीडित बनेको उनले बताए । यो ईन्जेक्शनले लागु औषध गाजा, चरेश भन्दा छिटो र लामो समय सम्म नशा दिने भएकोले यस प्रति दुव्र्यसनीमा फसेका युवाहरु बढी आकर्षित देखिएको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

‘तीन वटै ईन्जेक्शन एकै ठाउमा मिसाउदा नशालु बन्छ र त्यही ईन्जेक्शन आफ्नो शरीरको संम्वेदनशील अंगमा लगाउछन,’ उनले भने, ‘त्यसले एकैछिनमा प्रयोगकर्ता युवालाई लठाईदिन्छ ।’ त्यसैले लागु औषध दुव्र्यसनीमा फसेका युवाहरुले यसको प्रयोग गर्ने क्रम बढेको उनले बताए ।

नेपाली युवालाई लागु औषध दुव्र्यसनीमा फस्नबाट जोगाउन बारा प्रहरी २४ सै घण्टा सक्रिय रहेको प्रहरी उपरिक्षक बोगटीले दाबी गरे । लागु औषध प्रयोगकर्ता घटाउन र युवा पुस्तालाई जोगाउन अहिले लागु औषधी नियन्त्रण गर्न अभियानै चलाईएको उनले जानकारी दिए ।

लागु औषध दुव्र्यसनीमा फसेका युवाहरुलाई अन्धकार तर्फ धकेलीरहेको र यसले गाउ सामजसंगै देशलाई नै घाटा व्योहोर्नु परेको उनको ठम्याई छ । लागु औषध दुव्र्यसनीमा फसेका युवाहरु नै अपराधिक गतिविधी गर्ने गरेको प्रहरीको भनाई छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस