बारा– प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ कनकपुर टोलबाट नक्कली नेपाली नोट सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होविन्द्र वोगटीले आफ्नै कार्यकक्षमा शनिवार पत्रकार सम्मेलनको आयोजना बरामद भएको नक्कली नोट सहित पक्राउ परेका व्यक्तीलाई सार्वजनिक गरेका छन ।
विशेष सूचनकाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरिक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको टोलीले ८२ हजार ५ सय नक्कली नेपाली नोट सहित घरधनी जगदेव महतो नुनियालाई नियन्त्रणमा लिएको उनले जनाकारी दिए ।
नुनियाले आफु सुत्ने बासको मचान माथी ओछ्याईएको बिछौना (बेडविस्तरा) भित्रबाट लुकाई राखेको ८१ थान एक हजार दरको नोट र ३ थान ५ सय दरको नोट बरामद गरिएको उनले दाबी गरे ।
बरामद भएको नोट सहित नुनियालाई प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
नुनियाले कहाबाट यो परिमाणमा नक्कली नोट ल्याएको र नक्कली नोट कारोवारमा संलग्न गिरोहबारे पता लगाउने काम भईरहेको प्रहरीले जनाएको छ ।
यस अघि पनि यही नम्बरको ३ लाख नक्कली नोट सिम्रौनगढ नगरपालिका ४ हरिहरपुरबाट २०७८ माघ १८ गते बरामद गरिएको थियो ।
चाडवाडको बेला नक्कली नोट बजारमा सजिलै साट्न सक्ने भएकोले कारोवारीहरु पछिल्लो समय सक्रिय भएको प्रहरी अधिकारीहरुको भनाई छ । यसलाई विफल बनाउन जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खटीरहेको र पछिल्लो समय धमाधम रिजल्ट देखिन थालेको उनले जानकारी दिए ।