दोस्रो अन्तराष्ट्रिय भेट्रान कपको उदघाटन खेलमा आयोजक सिमरा र बागमती भिडदै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 834
2 मि. पढ्न लाग्ने समय

सिमरा– बाराको सिमरामा हुन लागेको दोस्रो अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिताको उदघाटन खेलमा बुधवार आयोजक सिमरा भेट्रान क्लब र बागमती भेट्रान क्लब भिडदै छन ।

सिमरा रंगशालामा संचालन हुन लागेको प्रतियोगिताका उदघाटन खेलमा दुबै क्लब भिडने पक्का भएको आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राजकपुर राउतले जानकारी दिए ।

प्रतियोगिताको दोस्रो खेलमा चितवन भेट्रान क्लब र नागसोती भेट्रान क्लब हेटौडाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना भएको प्रतियोगितामा नेपाल र भारतका गरी १६ वटा भेट्रान क्लब सहभागिता जनाउने आयोजकले जनाएको छ ।

सिमरा रंगशालामा भदौ २९ देखि असोज १ गतेसम्म प्रतियोगिता संचालन हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेता टिमले कप सहित नगद १ लाख ५० हजार र उप बिजेता टिमले नगद ७५ हजार रुपैयाँ पुरस्कार राशी पाउने जनाईएको छ ।

अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिताको तयारीबारे आयोजक क्लबले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।
यसअघि देशभरीका भेट्रान क्लबको सहभागितामा २०७४ सालमा प्रथम संस्करण आयोजना भएको थियो ।

देशभरीबाट सहभागी हुने भेट्रान क्लब टीमबाट राष्ट्रिय टोलीका पूर्व खेलाडी समेतले खेल्ने हुदा प्रतियोगिता अझ आकर्षक र रोमाञ्चक हुने विश्वास आयोजकले लिएको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न मुख्य सहयोगीको भूमिकामा रहेका स्व. मञ्जुदेवीका छोरा श्यामबाबु गुप्ताले सिमरामा खेलकुद गतिविधिलाई निरन्तरता दिदै जानु पर्नेमा जोड दिएका छन ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस