बारामा लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 635
1 मि. पढ्न लाग्ने समय

बारा– लागु औषध मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले सिम्रौनगढ नगरपालिका ६ पावरहाउस चोकबाट पक्राउ गरेको ।

लागु औषध मुद्दामा अदालतबाट एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना लागेर लुकिछपी बस्दै आएका सिम्रौनगढ नगरपालिका १० टेटाका ४० वर्षिय जगरनाथ यादवलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले यादवलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । यादवलाई बारा जिल्ला अदातको आदेश अनुसार कैद भुक्तान गर्न बीरगंज कारागार पठाईएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस