जेसीज सप्ताहमा फलफुल वितरण

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
1 मि. पढ्न लाग्ने समय

बारा– कलैया सिटी जेसिजको आईतवार तेस्रो दिन जेसीज सप्ताह दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफुल र अनाथ आश्रमलाई खाद्यान वितरण गरेको छ ।

सात दिन नव कार्यक्रम हुने कलैया सिटी जेसिज का महासचिव जेसी संदीप साहले जानकारी दिए ।

जेसीज सप्ताह फलफुल बितरण कार्यक्रम कलैया सिटी जेसिजका अध्यक्ष जेसी संदीप बरैको अध्यक्षता र माननीय पारस प्रसाद साहको प्रमुख आतिथ्यतामा फलफुल वितरण गरी कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमको कार्यक्रम संयोजक जेसी पवन कुमार कुशवाहा (कोषाध्यक्ष), कलैया सिटी जेसिजका निबर्तमान अध्यक्ष जेसी शम्भु गुप्ता, पुर्ब अध्यक्षहरू रामबाबु कुशवाहा, रामबालक राउत अहिर, धानिलाल साह सोनार लगायत कलैया अस्पातलका कर्मचारी, डाक्टर,कलैया सिटी जेसिजका कार्यकारीणी उपाध्यक्ष सुबास जयसवाल, उपाध्यक्ष रोशन सहनी, कानुनी सलाहकार राजकुमार गिरी, स्वास्थ्य संयोजक मुकेश यादव, आईटी संयोजक गणेश शर्मा, शाखा सम्पादक सुरज गिरी, त्यसैगरी सदस्य जेसी दिपेन्द्र साह, सागर पटेल, निजमुदिन अंसारी, मनिष चौरसिया, राजा जैसवाल, ओमप्रकाश सर्राफ सदस्यहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रम राज्यलक्ष्मी रिलिफ हस्पिटल र अमृता अनाथ आश्रममा सम्पन्न गारियो ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस