बारा– प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगंजबाट आईतवार बिहान साढे ४ बजे ३४ किलो लागु औषध गाजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
त्रिभुवन राजपथ अन्र्तगत हेटौडा–पथलैया खण्डमा सवारी चेकजाचको क्रममा ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रमुख प्रहरी वरिष्ठ नायब निरिक्षक श्यामबाबु यादवको कमाण्डमा खटिएको टोलीले हैटाबाट पथलैया तर्फ जादै गरेको प्रदेश ३ –०१–००३ क ६९०६ नम्बरको मिनी ट्रकबाबाट उक्त परिमाणमा गाँजा बरामद गरेपछि दुबै जनालाई नियन्त्रणमा हो ।
लागु औषध गाजा सहित तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले मिनी ट्रकका चालक मकवानपुर मनहरी गाउपालिका वडा नंम्बर ७ बिजौना बस्ने ३५ वर्षिय सुनबहादुर थिङ र सोही मिनी ट्रकका सह चालक मकवानपुर मनहरी वडानम्बर १ चकरीका २० वर्षिय सुभाषलामालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
मिनी ट्रक सहित उनीहरुलाई प्रहरी हिरासतमा राखी लागु औषध मुद्दामा कानुनी कारवाही प्रक्रिया अगाडी बढाईएको एसपी बोगटीले जानकारी दिए ।
पछिल्लो समय बारा, पर्सा, रौतहट सहितका जिल्ला हुदै भारत तर्फ लागु औषध गाँजा तस्करी बढेको प्रहरी कार्यवाही तथ्यांकले औल्याएको छ ।