चट्याङ लागेर रौतहटमा एउटै टोलका तीन महिलाको मृत्यु, पुरै गाउ शोकमग्न

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1k
2 मि. पढ्न लाग्ने समय

रौतहट– रौतहटको गरुडा नगरपालिका ३ मलाहीमा चट्याङ लागेर एउटै टोलका तीन जना महिलाको मंगलवार बिहान एकैसाथ मृत्यु भएपछि पुरै गाउ शोकमा डुबेकको छ ।

गाउ नजिकैको धान खेत गोडमेल गरीरहेको अवस्थामा बिहान करीब ८ बजे चट्याङ लागेर तीनै जनाको एकै साथ मृत्यु भएको हो ।

मृत्यु भएकाहरु मध्ये दुई जना महिला एउटै परिवारको सदस्य भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले जानकारी दिए ।

चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवी, ७० बर्षिया जगिया देवी र १८ बर्षिया मनिषा कुमारी रहेको डिएसपी सिंहले जानकारी दिए ।

मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको रउनले बताए । चट्याङ लागेर एउटै गाउँको एकैपटक तिन जनाको मृत्यु हुंदा सिंगो मलाही गाउँ शोकमा डुबेको छ ।

उनीहरुसंगै खेतमा काम गरीरहेकी ४० वर्षिया शैली देवी सहित केही महिला सामान्य घाइते भएको तथा एकदर्जन भन्दा बढी महिला चट्याङको आवाजबाट प्रभावित भएको उनले बताए ।

अहिले पनि चट्याङको विष्फोटक आवाजलाई स्मरण गर्दै महिला तथा बालबालिकाहरु तर्सिरहेको स्थानीयले बताएका छन ।

घटनारे सुचना पाएलगतै गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवाल सहितको जनप्रतिनिधी तथा कर्मचारीको टोली घटना स्थल र पीडित परिवारमा पुगेका थिए ।

उनले पीडित परिवारलाई सान्तवना दिदै घाईतेहरुको स्वास्थ्यलाभ र मृतकहरु प्रति संवेदना प्रकट गरेका थिए ।

चट्याङ लागेर विछिप्त बनेका महिला तथा बालबालिकाहरुको पनि मेयर जयसवालले स्वास्थ्य लाभको कामना गरेको उनीसंगै रहेका गरुडा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले जानकारी दिए ।

सोही क्रममा मेयर जयसवालले पीडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको यादवले जानारी दिए ।

एउटै टोलका तीन जना महिलाको मृत्यु भएपछि पुरै गाउ नै अहिले शोकमा डुबेको र पीडित परिवार तथा तीनका आफन्त भावविहल गरीरहेका छन ।

ट्याग्स : , , , , , , , , ,
यो लेख शेयर गर्नुहोस