बारामा छुट्टाछुट्टै दुर्घटना, दुई घाईते

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 739
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको छुट्टाछुट्टै स्थानमा सोमवार भएको सडक दुर्घटनामा परी दुई जना घाईते भएका छन ।

पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्रदेश नं. २–०३–०१० प ४७४१ नम्बरको मोटरसाईकलले निजगढ नगरपालिका ७ भमरा पुल नजिकै पवपरित दिशाबाट आउदै गरेको साईकललाई सोमवार साझ ठक्कर दिदा साईकलमा सवार स्थानीय ६० वर्षिय मानबहादुर घिसिङ घाईते भएका छन ।

टाउको, हातखुट्टा लगायत शरिरको विभिन्न भागमा घाउचोट लागेर गम्भिर घाईते भएका घिसिङको निजगढमा उपचार हुन नसकेपछि थप उपचारको लागी भरतपुर पठाईएको र दुर्घटनामा संलग्न मोटरसाईकल तथा साईकललाई ईलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

त्यस्तै बाराको कोल्हवी नगरपालिका २ गणेश मन्दिर नजिकै ना ३ च २६७७ नम्बरको पिकपले पिपरियाबाट हनुमानगंज तर्फ जादै गरेको ग ७ प ८१९२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकलमा पछाडी सवार स्थानीय १६ वर्षिय श्याम गौतम घाईते भएका छन । गौतमको दाअिने खुट्टा लगायत शरिरको विभिन्न भागमा घाउचोट लागेको र उनको स्थानीय क्लिनिकमा उपचार भईरहेको डिएसपी मिश्रले जानकारी दिए ।

दुर्घटनामा संलग्न पिकप र मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय कोल्हवीले निन्त्रणमा लिएर र घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस