वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

जितपुरकी छात्रा मुखियाकी तीन भक्ती गीत सार्वजनिक

बारा– बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मुख्यालय जीतपुरमा सोमवार एक छात्राले आफुले गाएको तीन वटा गीत सार्वजनिक गरेकी छिन ।

नवगायिका स्थानीय सरिता मुखियाले एक पत्रकार सम्मेलनको आयोजना गरी गणेश भगवान, दुर्गा माता र छठी मईयाको भोजपुरी भषाको भक्ती भक्ती गित पत्रकार सम्मेलनमा सार्वजनिक गरेकी हुन ।

यस भक्ति एलबममा सरिता मुखियाले ३ वटा गित गाएकी छिन । उनले आजै आफनो गित समाजीक संजाल युटुबबाट सार्वजनिक गरेकी हुन ।

अगामी दिनमा आफु भक्ति गीत संगितको साथ अन्य सँगितमा पनि प्रवेश गर्ने धारणा पत्रकार सम्मेलनमा व्यक्त गरीन ।

मुखियाले सँगित क्षेत्रमा प्रवेश गर्नमा ठुलो सहयोग जीतपुरका युवा मनोज कुमार साहको रहेको स्पष्ट पारिन ।

मुखिया आफ्नो शैक्षिक क्षेत्र जीतपुरकै ज्ञान ज्योति स्कुलबाट र उच्च शिक्षा हरि खेतान बहुमुखी क्यम्पसबाट प्लस टु गरेको पत्रकार सम्मेलनमा जनाईएको छ ।

मुखियाँले हिन्दी तथा भोजपुरी संगित पनि छिटै ल्याउने पत्रकार सम्मेलनमा जानकारी गराईन ।