रौतहटबाट दुई सय चार किलो लागु औषध गाजा बरामद

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.6k
1 मि. पढ्न लाग्ने समय

रौतहट– नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रौतहटको गौर नगरपालिका २ लालबकैया नदीको किनारबाट आईतवार राती दुई सय ४ क्विन्टल लागु औषध गाँजा बरामद गरेको छ ।

नेपालबाट भारत तर्फ लग्दै गरेको अवस्थामा १७ वटा प्लाष्टीकको पोकामा राखिएको लागु औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनील मल्लले जानकारी दिए ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो ।

प्रहरी टोलीलाई देख्ने बित्तिकै तस्करहरुले लागु औषध गाजा छाडेर फरार भएको डिएसपी मल्लले जानकारी दिए । बरामद भएको लागु औषध गाँजालाई जिल्ला प्रहरी कार्यालय गौरमा ल्याई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय रौतहटमा लागु औषध गाँजा, प्रतिवन्धित औषधी, लताकपडा, भाडाकुडा, हार्डवेयर, किराना मालसामान समेतको तस्करी बढेको स्थानीयले जानकारी दिएका छन । तस्करहरुले स्थानीय सुरक्षाकर्मीलाई प्रभावमा पारेर तस्करी गरीरहेको स्थानीयले जानकारी दिएका छन ।

 

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस