३० हजारमा बालिका बेच्ने दुई जना बीरगंजबाट पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
1 मि. पढ्न लाग्ने समय

पर्सा– साढे ५ महिना अगाडी भारु ३० हजार रुपैयाँमा एक १५ वर्षिया बालिकालाई बिक्री गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर १६ बाट दुई जनालाई पक्राउ गरेको छ ।

बालिकालाई बिक्री गर्ने घटनामा संलग्न रौतहट गौर नगरपालिका वडा नम्बर २ घर भई हाल बीरगंज महानगरपालिका १६ बस्ने ४० वर्षिय चमेली देवी र भारति बिहार सितामढी बासपट्टी पचरा बस्ने २२ वर्षिय रोशन तिवारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भोजपुरी मुभीमा हिरोईन बनाईदिने प्रलोभन देखाई २०७८ माघ १२ गते देखी बेपत्ता बनाईएकी बालिका मौका छोपी अभिभावकको सम्पर्कमा आएपछि बेचिएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी प्रल्हाद कार्कीले जानकारी दिनु भयो ।

बीरगंजमै बस्दै आएकी बालिकालाई हिरोईन बनाईदिने प्रलोभन देखाई भारत बिहार पुर्वी चम्पारण झिटकैयामा लगी हाल फरार रहेका एक भारतिय नागरिकलाई बिक्री गरेको पीडित बालिकाको बयानबाट खुलेको प्रहरीले जनाएको छ ।

बालिकालाई खरीद गर्ने भारतिय व्यक्तीले बन्धक बनाई राखेको र अश्लील गीतमा नृत्य गराउने तथा शारिरिक मान्सिक यातना दिने गरेको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपोसार मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न थप व्यक्तीहरुको पनि खोजतलाश सुरु गरिएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , , , , ,
यो लेख शेयर गर्नुहोस