बारा– बाराको प्रसौनी गाउपालिका वडा नम्बर ५ बेलहिया स्थित गोठमा शुक्रवार बिहान लागेको आगो निभाउने क्रममा गोठ धनी घाईते भएका छन ।
मच्छर धपाउन बालिएको घुरबाट आगो सल्केर भएको आगलागीमा परी गोठ धनी विशेश्वर साह तेली सहित गोठमा बाँधेर राखिएको ३ वटा भैसी समेत जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनु भयो ।
आगोको लप्काले गोठधनी विशेश्वरको ढाड, हात लगायत शरिरको विभिन्न भाग जलेको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाईते महतो र तीन वटै र्भसीको स्थानीय स्तरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । सोही आगलागीमा परी गोठसंगै गोठमा जडान गरिएको दुई थान पंखा, गोठ घरमा राखिएको दुई वटा प्लाष्टीकको कुर्सी, दुई बोरा मल, दाउरा, विजुली बत्तीको तार लगायतका गरी करीब एक लाख २० हजार भन्दा बढीको धनमाल जलेर नोक्सान प्रहरीले जनाएको छ ।
आगलागीलाई स्थानीय वासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको डिएसपी थापाले जानकारी दिनु भयो । मच्छर धपाउन बालिएको घुर व्यवस्थीत नगरिदा वर्षेणी आगलागी भएर लाखौं रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नोक्सान हुने गरेको प्रहरी अधिकारीहरुको भनाई छ ।