टाटा सुमोको ठक्करबाट बारामा एक पैदल यात्रु घाईते

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1k
1 मि. पढ्न लाग्ने समय

बारा– पुर्व पश्चिम राजमार्गको निजगढ–पथलैया सडक खण्ड अन्र्तगत बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित तीन नम्बर पुल नजिकै टाटा सुमोको ठक्करबाट एक पैदल यात्री गम्भर घाईते भएका छन ।

पथलैयाबाट निजगढ तर्फ जादै गरेको ना १ ज ६५५२ नम्बरको टाटा सुमोले बाटो क्रस गर्ने क्रममा चितवन राप्ती नगरपालिका २ गेडलु चोक बस्ने ४० वर्षिय सिताराम घिमिरेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनु भयो ।

घाईते घिमिरेको बीरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टाटा सुमो र सुमो चालकलाई प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस