पर्साबाट दुई सय ७० किलो लागु औषध गाँजा सहित दुई भारतिय पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 758
1 मि. पढ्न लाग्ने समय

पर्सा– प्रहरीले पर्साको बीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुरबाट २ सय ७० किलो लागु औषध गाँजा सहित दुई जना भारतियलाई नियन्त्रणमा लिएको छ ।

लागु औषध गाजा ओसारपोसारमा संलग्न भारत बिहार मोतिहारी जिल्ला सेमरी वडा नम्बर ११ बस्ने २७ वर्षिय विजेश कुमार यादव र भारत बिहार पूर्वी चम्पारण पलडवा बस्ने ५० वर्षिय धर्मेन्द्र यादवलाई प्रहरीले ट्रक सहित नियन्त्रणमा लिएको हो ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पथलैयाबाट बीरगंज तर्फ आउदै गरेको यूपी २१ ए.एन ९९५७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर चेकजाच गर्दा ट्रक भित्र लुकाई राखेको २ सय ७० किलो लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए ।

गाजा सहित पक्राउ परेकाहरु विरुद्ध लागु औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान सुरु गरिएको डिएसपी कार्कीले जानकारी दिए । विभिन्न प्रयोजनले नेपाल आएर फर्किने क्रममा पछिल्लो समय भारतिय सवारी साधनबाट धमाधम लागु औषध गाँजा बरामद हुन थालेको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस