बीरगंजबाट अवैध मालसामान सहित ट्रक नियन्त्रणमा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 755
1 मि. पढ्न लाग्ने समय

पर्सा–बिल बिजक भन्दा बढी विभिन्न लत्ताकपडातथा खुद्रा सामानहरु लोड रहेको एउटा ट्रकलाई पर्सा प्रहरीले बीरगंजबाट नियन्त्रणमा लिएको छ ।

बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरु बोकेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले ट्रकलाई नियन्त्रणमा लिएको हो ।

पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.६ लोहारपट्टी सडक खण्डमा अवैध माल सामान बोकेको ना.६ ख २३४४ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक विनाका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरु फेला पारेपछि ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए ।

ट्रक सहित अवैध मालसामानको ६८ लाख ३१ हजार चार सय १९ रुपैयाँ मुल्यांकन गरी गरी आवश्यक कानुनी कारवाहीको लागी बुधवार राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस