रौतहटमा बेवारिशे अवस्थामा एक वृद्धको बुधवार अपरान्ह शव फेला

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 663
1 मि. पढ्न लाग्ने समय

रौतहटको गौर नगरपालिका वडा नं. ३ वीपी चोकमा बेवारिशे अवस्थामा एक वृद्धको बुधवार अपरान्ह शव फेला परेको छ । नाम, थर, वतन नखुलेको ६० वर्षिय वृद्धको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फेला परेको शवलाई परिक्षणको लागी प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाबरे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतकलाई चिन्न हुने महानुभावहरुलाई पहिचान गराउन सहयोग गरी दिनु अनुरोध समेत प्रहरीले गरेको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस