पर्साको बगहीबाट ९० किलो लागु औषध गाजा सहित दुई भारतिय पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 771
1 मि. पढ्न लाग्ने समय

पर्सा– पर्साको बीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीबाट प्रहरीले ९० किलो लागु औषध गाजा सहित दुई जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

लागु औषध गाजा सहित भारत यूपी जिल्ला मउ कमलसागर गोपालपुर निस्फी निवासी ३० वर्षिय रविकान्त भारती र भारत बिहार बेतिया पश्चिम चम्पारण तेलकुवा वडा नम्बर १० निवासी २८ वर्षिय सुनील भारतियलाई मंगलवार राती करीब १० बजे नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी प्रल्हाद कार्कीले जानकारी दिनु भयो ।

विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले बगही स्थित सडकमा एम्बुस थापेर यूपी ७० बिके ९९५५ भारतिय नम्बरको ईन्डिगो मेन्जर कारलाई रोकी चेक जाच गर्दा सिट र डिक्की मुनी लुकाई राखेको अवस्थामा लागु औषध गाजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिनु भयो ।

नियन्त्रणमा लिईएको कार र गाजा सहित दुबै भारतियलाई प्रहरी हिरासतमा राखी लागु औषध मुद्दामा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

ट्याग्स : , , , , , , ,
यो लेख शेयर गर्नुहोस