मौलापुर नगरपालिका शिक्षाको हब बन्दै, शिक्षामै ४० दशमलव ५८ प्रतिशत बजेट

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 780
3 मि. पढ्न लाग्ने समय

रौतहट–लामो समय देखी पछाडी परेको मौलापुर नगरपालिका पछिल्लो समय शिक्षाको हब बन्दै गएको छ । नगर क्षेत्रका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा, प्रविधिक शिक्षा, साक्षरता र उच्च शिक्षालाई ध्यान राखी मौलापुर नगरपालिका अगाडी बढी रहेको छ ।

मौलापुर नगरपालिकाले शिक्षा क्षेत्रमा लिएको लक्ष्य परिपुर्ति गर्न आर्थिक वर्ष २०७९÷०८० मा ल्याएको नगरपालिकाको कुल बजेटको ४० दशमलव ५८ प्रतिशत बजेट शिक्षा क्षेत्रकै विकासको लागी विनियोजित गरेको छ ।

मधेश प्रदेशकै सबै पालिकाहरु मध्ये सब भन्दा बढी शिक्षा क्षेत्रमा बजेट मौलापुर नगरपालिकाले छुट्याएको मौलापुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी दिनु भयो ।

नगर भरीका विद्यालयहरुको भौतिक पुर्वाधार, आवश्यक जग्गा खरीद, विद्यार्थी अनुपातमा शिक्षक नियुक्ती, शैक्षिक समाग्री खरीद, साक्षरता कार्यक्रम लगायत शैक्षिक क्षेत्रको विकासको लागी १४ करोड ६० लाख रुपैया छुट्याईएको अधिकृत साहले जानकारी दिनु भयो ।

केन्द्र तथा प्रदेश सरकारले मौलापुर नगर क्षेत्रको शैक्षिक सुधारमा ध्यान नदिएपछि नगरपालिकाले आफ्नै बजेटबाट नगरभित्र रहेका विद्यालयहरुलाई स्तरोन्ती गर्न लागी परेको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले बताउनु भयो ।

नगर क्षेत्रका विद्यालयहरुमा अहिले पनि भौतिक पुर्वाधार, विद्यार्थीहरुको अनुपातमा शिक्षकको कमी रहेको उहाले जानकारी दिनु भयो ।

त्यसलाई नगरकै बजेटबाट क्रमिक रुपमा सुधार गर्दै लैजाने योजना आफुले बनाएको उहाले बताउनु भयो । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम पुर्व मन्त्री प्रभु साहले नगरको शिक्षा क्षेत्रको उन्नती प्रगतिका निम्ती दिदै आउनु भएको राय सुझावलाई आत्मसात गर्दै मौलापुर नगरपालिकाले योजना अघि बढाईरहेको मेयर रिना कुमारी साहले जानकारी दिनु भयो ।

मौलापुरमा २०७४ साल अघि माबी सोनरनिया र माबी पथरा बुधराम मात्र संचालनमा रहेको थियो । मौलापुरमा पहिलो पटक मेयर पदमा रिना कुमारी साह निर्वाचित हुंदा ३ वटा नया माध्यमिक बिद्यालय थपिएको छ ।

हाल माबी मर्यादपुर, जवाहर माबी, माबी गम्हरिया, माबी सोनरनिया र माबी पथरा बुधराम गरी ५ वटा माबी संचालनमा रहेको मौलापुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

संघीय सरकारले शुल्क लिने ब्यवस्था गरेपनि नगरपालिकाले प्राबिधिक शिक्षाको निशुल्क ब्यवस्था गरेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी दिनु भयो ।

बहु प्राबिधिक शिक्षालयमा जियोमेटिक्स ईन्जिनियर तथा शिविल ईन्जिनियर पढाईको लागि नगर भित्रका विद्यार्थीलाई निशुल्क अध्ययनको ब्यवस्था नगरपालिकाबाटै भएकोे उहाले बताउनु भयो ।

संघीय सरकारले शिक्षा तर्फ कुल बजेटको मात्र ८ प्रतिशत छुट्याउने स्थानीय तहलाई निर्देशन दिएको छ । तर पुर्व मन्त्री प्रभु साहको सल्लाह अनुसार मेयर रिना कुमारी साहले बजेटको झन्डै ४० प्रतिशत भन्दा बढी रकम शिक्षा तर्फ छुट्याउनु भएको उहाले जानकारी दिनु भयो ।

नगरक्षेत्रका बिद्यालयहरुमा नगरपालिकाले निजि श्रोतमा अहिले सम्म ४० जना शिक्षक शिक्षिका भर्ना गरेको उहाले जानकारी दिनु भयो ।

सबै बिद्यालयमा भौतिक पुर्वाधार निर्माण देखि सम्पुर्ण परिक्षा निशुल्क गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिनु भयो ।

शिक्षा क्षेत्रको विकासका निम्ती मौलापुर नगरपालिकाले अघि बढाएको योजनाहरुको नगरवासी तथा शिक्षाप्रेमीहरुले सराहना गरेका छन ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस