दुर्घटनामा परेका भारतिय नागरिकको साथबाट दुई किलो चाँदीको तयारी गहना बरामद

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 837
1 मि. पढ्न लाग्ने समय

रौतहट–रौतहटको गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्र्तगत बम नहर नजिकै भएको सवारी दुर्घटनामा घाईते भएका एक भारतियको साथबाट दुई किलो चाँदीको तयारी गरगहना बरामद भएको छ ।

गौरबाट गरुडा तर्फ तिब्र गतिमा जादै गरेको बि.आर. ३० टी ६७१० नम्बरको भारतिय मोटरसाईकललाई विपरित दिशाबाट आउदै गरेको बा १३ च ३१८७ नम्बरको स्कारर्पियोले ठक्कर दिदा चाँदीको रहस्य बाहिर आएको हो ।

मोटरसाईकललाई ठक्कर दिएपछि अनियन्त्रित भएको स्कारर्पियोले सडकमा गुडी रहेको बागमती प्रदेश ०३–००१ ह ११३७ नम्बरको अटोलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्त डिएसपी सुनील मल्लले जानकारी दिनु भयो ।

दुर्घटनामा घाईते भएका बि.आर. ३० टी ६७१० नम्बरको भारतिय मोटरसाईकलका चालक भारत सितामढी निवासी ३० वर्षिय सुनिल कुमार झाको साथबाट चाँदीको सिकरी, पाउजु, बाला, लकेट, माला, ब्रस्लेट लगायतका तयारी गरगहना बरामद गरिएको डिएसपी मल्लले जानकारी दिनु भयो । बरामद भएको तयारी गरगहनाको श्रोत नखुलेको र दुर्घटनामा घाईते भएका भारतिय नागरिक झाको प्रहरी निगरानीमा गौर अस्पतालमा उपचार भईरहेको उहाले जानकारी दिनु भयो ।

दुर्घटनामा संलग्न तीन वटै सवारी साधनलाई नियन्त्रणमा लिईएको र घटनाबारे बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस