गरीबीले रोजगारी खोज्दै बाराका बालबालिका भारत पलायन हुदै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 856
4 मि. पढ्न लाग्ने समय

बारा– कलिलै उमेरमा कोही बालबालिकामा रोजगारीको अभिलाशा जाग्नु कुनै नौलो कुरो होईन । बालबालिका जिज्ञासु स्वाभावका हुन्छन भने पुरानो कहावत नै छ । चञ्चले स्वभावका बालबालिकाले अनेक अप्ठ्यारो कामलाई सहज ठानेर पुरा गर्ने प्रयास गर्न खोज्छन । तर त्यसक्रममा सामुनेमा आईपर्ने चुनौतीको बारेमा सोचविचार गर्न सक्दैन्न । तत्कालै फाईदा देखिने काममा अरुको बहकाउमा परेर हामफालीदिन्छन ।

यसरी नै पैसा कमाउने भन्दै भारततिर हुईकिएका दुई जना नेपाली बालक भारतको पटना स्थित बाल गृहमा पुगे । आफ्नै अभिभावकको सहमतिमा सानै उमेरमा उनीहरु रोजगारीको लागी भारत छिरेका थिए । तर शंका लागेर भारतिय शहर रक्शौलमा भारतिय प्रहरीले बाराको विश्रामपुर गाउपालिका १ छतवाका १५ वर्षिय बुधन मुखिया बीन र १३ वर्षिय अनिल मुखिया बीनलाई नियन्त्रणमा लिएपछि आफ्नै अभिभावकले छोराछोरीलाई श्रम गर्न अभिप्रेरित गर्ने गरेको रहस्य बाहिर आएको हो ।

प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर बालगृहमा पु¥याएको सूचना पाएपछि अभिभावकहरु झस्कीएका थिए । रोजगारीको लागी गएका छोरा भतिजले के अपराध ग¥या होलान भनेर सुरुमा चिन्तामा परेको अनिलका बुआ मनु मिया बीनले बताए ।

‘पता लगाउदै जादा उनीहरुको अपराध लुकिछिपी भारतमा रोजगारी गर्न जानु रहेछ,’ उनले भने, ‘पढने बालबालिकालाई रोजगारीमा लगाउनु वा काममा लगाउनु कानु अपराध हो भनी आफुलाई जानकारी नै थिएन ।’ अब छोराछोरीलाई पढाउछु । बाहिर पठाउदीन भन्दै उनले आत्मलोचना समेत गरेका छन ।

परिवारको आर्थिक श्रोत बढाउन छोरालाई रोजगारीको लागी अन्जानवश अरुको बहकाउमा परेर पठाएको उनले बताए ।

बालअधिकारकर्मी तथा सुरक्षाधिकारीको उपस्थितीमा भारतबाट उद्धार गरी फिर्ता बोलाईएका दुबै बालकलाई मनुको जिम्मामा लगाईएको थियो ।

संरक्षण नेपालद्वारा संचालित बाल हेल्पलाईन, जिल्ला प्रशासन कार्यालय र नेपाली सुरक्षाधिकारीको समन्वयमा दुबै बालकलाई उद्धार गरिएको मनुले जानकारी दिए ।
भारतमा रोजगारीको लागी जादा आफुहरुले धेरै द्ःख पाएको उद्धार गरिएका बालक १५ वर्षिय बुधनले बताए । ‘एकरात भोकै बस्नु प¥यो,’ उनले भने, ‘प्लेटफर्ममा रात कटाउनु प¥यो ।’ त्यसपछि बालगृहमा आफुहरुलाई पठाईएको उनले जानकारी दिए ।

उद्धार गरिएका दुबै बालकले अब पढने बताए । बाहिर भाग्दा अभिभावकलाई पनि दुःखकष्ठ हुने गरेको अर्का १३ वर्षिय अनिल मुखिया बीनले बताए ।

कक्षा ६ मा अध्ययनरत अनिलेले परिवारको अवस्था लकडाउनका कारण बिग्रेकोले बाध्य भई काममा निस्कनु परेको उनले बताए ।
अहिले पनि अर्थिक प्रलोभनमा पारेर अभिभावकलाई पनि फकाएर रोजगारीमा पठाउने गरिएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताए ।

‘प्रत्येक महिना ४÷५ जना बालबालिकालाई भारतबाट उद्धार गर्ने गरिएको छ,’ उनले भने, ‘भारत पुगेका बालबालिकालाई नेपाल फिर्ता ल्याउने गरिएको छ ।’ फिर्ता बोलाउने प्रक्रिया एकदम झण्झटिलो रहेको उनले बताए । तै पनि बाल हेल्पलाईनको माध्यमले छोरा भतिजको उद्धार गरिएको उनले बताए ।

कुशवाहाका अनुसार महिनामा सरदर २५ प्रतिशत कलिाला उमेरका बालबालिका रोजगारीको लागी भारत तर्फ जाने गरेका छन । ती मध्ये सम्पर्कमा आउनेहरुको तथ्यांक केलाउदा महिनामा विभिन्न संघसंस्थाको ५÷६ जनाको उद्धार गर्ने गरिएको कुशुवाहाले बताए ।

एउटा बालकलाई भारतबाट उद्धार गर्दा कम्तीमा २० देखी २५ हजार रुपैयाँ र सिमा क्षेत्रबाट घर फिर्ता पठाउदा कम्तीमा ५ हजार रुपैयाँ खर्च हुने गरेको उनले बताए । यसरी नै वर्षमा ६० भन्दा बढी बालबालिकाको उधार गर्ने गरिएको उनले बताए ।

शिक्षा हासिल गर्ने बेलामा बालबालिकलाई रोजगारीको लागी भारत पठाउने गरेका छन । सरकारले सबै सुविधा दिदा पनि पढाई छाडेर रोजगारीको लागी भौतारिनु गलत भएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

‘निशुल्क शिक्षा हासिल गर्ने बेलामा बालबालिकालाई पढाई छाडेर काममा लगाउनु हुदैन,’ उनले भने, ‘फिर्ता आएका दुबैलाई बालकलाई नियमित विद्यालय पठाउनु पर्दछ ।’ प्रहरी प्रशासनको आवश्यकता पर्दा जुनसुकै बेला आफुले सहयोग गर्न तयार रहेको उनले बताए ।

यो लेख शेयर गर्नुहोस