वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

रौतहटमा टाटा सुमोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु, दुई पैदलयात्री घाईते

रौतहट–रौतहटको दुर्गाभगवती गाउपालिका वडा नम्बर २ भलोहिया स्थित भित्री सडकमा गएराती करीब साढे ८ बजे टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । भने दुई जना पैदल यात्रु गम्भर घाईते भएका छन ।

तीब्र गतिमा गुडेको ना ४ च १०३१ नम्बरको टाटा सुमोले ठक्कर दिदा सडक छेउमै रहेका दुर्गाभगवती गाउपालिका वडा नम्बर २ निवासी ६० वर्षिय भरोसी महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनील मल्लले जानकारी दिनु भयो ।

सोही टाटा सुमोको ठक्करबाट दुर्गाभगवती गाउपालिका वडा नम्बर २ कै सडक छेउमै रहेका अर्का ६० वर्षिय रामजी दास र ४२ वर्षिया संगिता कुमारी पाण्डे गम्भीर घाईते भएका छन । घाईते मध्ये दासको सुकदेव चोक स्थित अस्पतालमा र पाण्डेको बीरगंजमा उपचार भईरहेको डिएसपी मल्लले जानकारी दिनु भयो ।

मृतक महतोका शव परिक्षणको लागी गौर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने टाटासुमो र चालकलाई जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।