ईनर्वा मन्दिरमा एक भारतिय पुरुषको शव फेला

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 834
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको महागढीमाई नगरपालिका २ ईनर्वा चोक नजिकै रहेको रामजानकी मन्दिरमा आईतवार बिहान एक भारतिय वृद्ध पुरुषको शव फेला परेको छ ।

मन्दिरको बरण्डामा नाम, थर, वतन नखुलेको अन्दाजी ७० वर्षिय पुरुषको शव बिहान करीब ८ बजे फेला परेको हो । मृत अवस्थामा भेटिएका वृद्ध भारत बिहार घर भई विगत एक वर्ष देखी महागीमाई नगर क्षेत्रमा मागी खाने हिडदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिएका छन ।

मृतकको शव परिक्षणको लागी कलैया अस्पतालमा लगिएको र पहिचान खोलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण पता लगाउन प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

यो लेख शेयर गर्नुहोस