बारामा सवारी दुर्घटना, दुई गम्भिर

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
1 मि. पढ्न लाग्ने समय

बारा, ३२ साउन–पुर्व–पश्चिम हुलाकी राजमार्ग अन्र्तगत बाराको महागढीमाई नगरपालिका ६ थलही पुल नजिकै आईतवार अपरान्ह भएको सवारी दुर्घटनामा एक बालिका सहित दुई जना घाईते भएका छन ।

लंगडाचोकबाट कलैया तर्फ आउदै गरेको प्रदेश नं. २–००३–००५ प ८५६० नम्बरको मोटरसाईकलले पैदलयात्री एक बालिकालाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी पैदलयात्री महागढीमाई नगरपालिका ६ बस्ने सुधन प्रसाद यादवकी १० वर्षिया छोरी चाँदनी कुमारी र मोटरसाईकल चालक कलैया उपमहानगरपालिका ५ घुसुकपुरका २७ वर्षिय निकेश प्रसाद जयसवाल घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

घाईते दुबै जनाको टाउको, हातखुट्टा, ढाड लगायतमा गम्भिर घाउचोट लागेको र उनीहरुको बीरगंजस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको उनले बताए ।

दुर्घटनामा संलग्न मोटरसाईकल प्रहरी चौकी बरियारपुरको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो लेख शेयर गर्नुहोस