रौतहटको बंकुलबाट चोरीको मोटरसाईकल सहित एक युवक पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1k
1 मि. पढ्न लाग्ने समय

रौतहट–रौतहटको बौद्धीमाई नगरपालिका वडा नम्बर ८ बंकुल स्थित रहेको रौतहट बोर्डिङ्ग स्कुलबाट बिहिवार दिउसो चोरी भएको मोटरसाईकल सहित मोटरसाईकल चोरलाई प्रहरी चौकी बंकुलले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी बंकुलका प्रमुख प्रहरी सहयक निरिक्षक सुनिल कुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले ना १६ प ८९४७ नम्बरको मोटरसाईकल सहित मोटरसाईकल चोरीमा संलग्न बौद्धीमाई नगरपालिका ७ निवासी ३२ वर्षिय मुकशे यादवलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको मोटरसाईकल र चोरीमा संलग्न यादवलाई थप कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय गौरमा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिनु भयो ।

प्रहरी सक्रियता बढेकै कारण रौतहटमा पछिल्लो समेत मोटरसाईकल चोली लगायतका अपराधिक घटनामा कमी आएको उहाले जानकारी दिनु भयो ।

ट्याग्स : , , , , , , ,
यो लेख शेयर गर्नुहोस