मौलापुर नगरपालिकामा करार सेवामा पदपुर्ति गरिएका कर्मचारीको म्याद साउन देखी नथपिने

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
1 मि. पढ्न लाग्ने समय

बारा, २४ जेठ– मौलापुर नगरपालिकामा करार सेवामा पदपुर्ति गरिएका कर्मचारीको म्याद साउन देखी थप नहुने मौलापुर नगर कार्यपालिकाले निर्णय गरेको छ ।

नगर कार्यपालिकाको कार्यालय मौलापुरमा जेठ १८ गते सम्पन्न भएको कार्यपालिकाको पहिलो बैठकबाट यस्तो निर्णय भएको हो ।

बैठकमा भएको निर्णयलाई मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबाबु प्रसाद साहले सोमवार एक सूचना प्रकाशित गरी सार्वजनिक गरेका हुन ।

नगरपालिकाको सूचना तथा प्रविधि शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका सबै कर्मचारी, गरीबी निवारणका लागी लघु उधम कार्यक्रम अन्र्तगतका सबै कर्मचारी, महिला तथा बालबालिका शाखा अन्र्तगत कार्यरत महिला विकास परामर्श कर्मचारी, नगरपालिकाका कानुनी सल्लाहकार, पञ्जीकरण शाखा अन्र्तगतका सबै कर्मचारी सहितका विभिन्न १६ वटा शाखामा कार्यरत कर्मचारीहरुले म्याद थप नहुने जनाईएको छ ।

म्याद थप नहुने चिन्ताले करारका कर्मचारीहरु चिन्तित बनेका छन । भएको रोजगारी गुमेको खबरलाई आफुहरुलाई मर्माहित बनाएको पीडितले बताएका छन ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस