बारामा जग्गा विवादमा दुई पक्षबीच झडप, एकको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 929
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको आदर्शकोतवाल गाउपालिका वडा नं. ६ पटेर्वामा जग्गा विवादमा दुई पक्षबीच भएको झडपमा गम्भिर घाईते भएका एक जनाकको मंगलवार मृत्यु भएको छ ।

बीरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा आदर्शकोतवाल गाउपालिका वडा नं. ६ पटेर्वा निवासी घाईते प्रभु कुशवाहाको मृत्यु भएको हो ।

सोमवार अपरान्ह गाउमै जग्गा नापजाच गर्ने क्रममा प्रभु र छिमेकीबीच विवाद भई झडपमा परि गम्भिर घाईते भएका प्रभुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिएका छन ।

प्रभुलाई कुटपिट गरी ज्यान मार्ने घटनामा संलग्न पटेर्वाकै किशोरी कुशवाहा र रामप्रवेश महतोलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कुपटिमा संलग्न बाकी मानिसहरु फरार रहेको र उनीहरुको खोजी कार्य भईरहेको डिएसपी थापाले जानकारी दिए ।

यो लेख शेयर गर्नुहोस