बारामा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुईको मृत्यु, दुई गम्भिर

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
2 मि. पढ्न लाग्ने समय

बारा– बाराको छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा परी दुई जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन ।

दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाईकल चालकद्वय बीरगंज महानगरपालिका ६ बस्ने ३५ वर्षिय रंजित डोकानिया र कलैया उपमहानगरपालिका २४ बस्ने ३५ वर्षिय जयमंगल महतोको उपचारको क्रममा बीरगंजमा मृत्यु भएको हो ।

जितपुरबाट बीरगंज तर्फ जादै प्रदेश २–०३–०२२ प ५३०८ नम्बरको मोटरसाईकल जितपुर सिमरा उपमहानगपालिका २३ कोईला डिपो अगाडी आफै अनियन्त्रित भई पल्टिदा मोटरसाईकल चालक डोकानियाको मृत्यु जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

सोही दुर्घटनामा परी मोटरसाईकलमा सवार निज डोकानियाकी पत्नी वर्ष ३३ की कृति डोकानिया र उनका ५ वर्षिय छोरा बोटला डोकानिया गम्भीर घाईते भएका छन ।

दुर्घटनामा घाईते तीनै जनालाई स्थानीय प्रहरीको सहयोगमा उपचारको लागी बीरगंज स्थित वयोधा अस्पतालमा पु¥याईएको थियो ।
उपचारकै क्रममा मोटरसाईकल चालक डोकानियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाईते उनकी पत्नी तथा छोराको सोही अस्पतालमा उपचार भईरहेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाईकल ईलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसैगरी बाराको कलैया–पिलुवा सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका २४ जय माता दी क्रसर उद्योग अगाडी भएको मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते भएका महतोको उपचारको क्रममा बीरगंज न्युरो अस्पतालमा मृत्यु भएको हो ।

महतोले तिब्र गतिमा चलाएको ना ५१ प ६००२ नम्बरको मोटरसाईकल कुकुरसंग ठोकिएर सडकमै पल्टिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाईकल प्रहरी चौकी जैतापुरको नियन्त्रणमा रहेको र मृतकको शव अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

अस्तव्यस्त सडकमा मोटरसाईकल चालकले सावधानी नपनाउदा पछिल्लो समय बारा, पर्सा, रौतहट लगायत मधेश प्रदेशको ८ वटै जिल्लामा सवारी दुर्घटना बढेको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस