महोत्तरी र पर्साबाट भन्सारछलीको मालसामान बरामद

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
1 मि. पढ्न लाग्ने समय

पवन यादव
जनकपुर– प्रहरीले मधेश प्रदेशको महोत्तरी र पर्सा जिल्लाबाट ठुलो परिमाणमा भन्सारछलीको मालसामान बरामद गरेको छ ।

भारतबाट अवैद्ध रुपले नेपाल भित्रियाउदै गरेको अवस्थामा महोतरीको मटिहानी नगरपालिका ८ मटिहानी धिरापुर सडक खण्डबाट मटिहानी प्रहरी चौकीबाट खटिएको टोलीले विभिन्न किसिमको तयारी पोशाक तथा कपडा, किराना सामाग्री लगायतका मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रहरी टोलीलाई देख्ने बितिकै तस्करीमा संलग्न महिला तथा बालबालिका अवैद्ध मालसामान फालेर फरार भएका थिए । बरामद भएको मालसामान करीब एक लाख ४८ हजार ५ सय ६० रुपैयाँ मुल्य बराबरको रहेको र त्यसलाई आवश्यक कानुनी कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारामा पठाईएको डिएसपी विष्टले जानकारी दिए ।

यसैगरी पर्साको बीरगंज महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले ३ लाख ३६ हजार ५ सय ७० रुपैयाँ मुल्य बराबरको भन्सारछलीकोे मालसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतको प्रहरी चौकीबाट खटिएको टोलीले ईनर्वागाउ, नगवा, छपकैयाबाट विभिन्न किसिमको तयारी पोशाक तथा थान कपडा, किराना सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

बरामद भएको मालसामान आवश्यक कानुनी कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी खनालले जानकारी दिए ।
पछिल्लो समय अवैद्ध मालसामान ओसारपोसारको क्रियाकलाप बढेको प्रहरीले जानकारी दिएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस