बारामा करेन्ट लागेर महिलाको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.9k
1 मि. पढ्न लाग्ने समय
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

बारा– बाराको कलैया उपमहानगरपालिका २३ बैराठपुरमा बिहिवार राती करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय रामविनय साहकी श्रीमति ३५ वर्षिया प्रभा देवी साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहिवार साझ प्रभालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भर घाईते भएकी महिलाको बीरगंज स्थित तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव नारायणी अस्पताल बीरगंजमा परिक्षण गरी अन्तिम संस्कारको लागी शुक्रवार आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस