बाराको छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.6k
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको छुट्टाछुट्टै स्थानमा डुबेर बुधवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोल्हवी नगरपालिका ११ बेलवा बस्ने ५२ वर्षिय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया बस्ने मजबुल्लाह अन्सारीका छोरा ९ वर्षिय यस्तुफा अन्सारी रहेका छन ।

घास काट्न भनी हिडेका चौधरी राती अबेर सम्म घर नफर्किदा आफन्तले खोजतलाश सुरु गरेका थिए ।

घटनाबारे सुचना पाउने वितिकै ईलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरिक्षक रुपेश साहको नेतृत्वमा खटिएको टोलीले बुधवार राती करीब साढे ९ बजे पोखरीमा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

घर भन्दा करीब ५ सय मिटर पर आफ्नै पोखरीमा चौधरीको शव फेला परेको डिएसपी थापाले जानकारी दिए ।

यसैगरी घर नजिकै पौडी खेल्ने क्रममा डुबेर घाईते भएका यस्तुफालाई स्थानीयले उपचारको लागी कलैया अस्पतालमा पु¥याएका थिए ।

घाईते अन्सारीको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको डिएसपी थापाले जानकारी दिए ।

मृतक दुबैको शव परिक्षणको लागी कलैया अस्पतालमा राखिएको र परिक्षण पछि अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस