बीरगंज महानगरमा गठबन्धनका उम्मेदवार सिंह भारी मतले अगाडी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
1 मि. पढ्न लाग्ने समय

पर्सा– पर्साको वीरगंज महानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले ४ हजार ९ सय ६६ मतले अगाडी रहेका छन ।

जारी मतगणना परिणाम अनुसार सिंहले अहिले सम्म ८ हजार ८ सय ८८ मत प्राप्त गरी अग्र स्थानमा छन ।

सिंहका निकटतम् प्रतिष्पर्धी एमालेका बिजय सरावगीले ३ हजार ९ सय २२ मत प्राप्त गरी उनलाई पछ्याउने प्रयास गरीरहेका छन ।

महानगरकै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले २ सय ९२ मत ल्याएका छन् ।

त्यसैगरी महानगर उपप्रमुखमा गठबन्धनका उम्मेदवार इम्तियाज आलमले ६ हजार ८२ मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ९ सय ५५ मत प्राप्त गरेका छन् ।

महानगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले ६ सय ३६ र राप्रपाकी उम्मेदवार बिना जयसवालले ४ सय ४९ मत ल्याएकी छन् ।

३२ वटा वडा रहेको महानगरमा हालसम्म वडा नं १,२,३०,३१ र ३२ गरी ५ वटा वडाको मात्रै मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये जसपाले ३ वटा वडा, कांग्रेस र एमाले ११ वटा वडामा विजय हासिल गरेको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस