बाराका २ गाउँपालिकामा मतगणना सम्पन्न, १४ पालिकामा अझै मतगणना जारी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
2 मि. पढ्न लाग्ने समय

बारा– बाराको दुई वटा पालिकामा मतगणना सम्पन्न भएको छ । सम्पन्न मतगणना परिणाम अनुसार करैयामाई गाउपालिकामा जनता समाजवादी र परवानीपुर गाउपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन ।

करैयामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार शम्भु प्रसाद यादव र उपाध्यक्षमा सोही पार्टीकी सुनैना चौधरी निर्वाचित भएकी छन् ।

निर्वाचित शम्भु प्रसाद यादवले निकटतम प्रतिष्पर्धी भुवनेश्वर चौधरीलाई २ हजार एक सय ९८ मतले पराजित गरेका हुन् । यादवले ५ हजार ५८९ र चौधरीले ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।

चौधरी निवर्तमान गाँउपालिका प्रमुख समेत हुन् । यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले काँग्रेसकी चित्ररेखा चौधरीलाई २ हजार २ सय ६७ मतले पराजित गरेकी छन् । सुनैनाले ५ हजार ४ सय ३९ मत प्राप्त गर्दा चित्ररेखाले ३ हजार १ सय ७२ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी परवानीपुर गाँउपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा राम क्षेत्री पटेलले लोसपाका उम्मेदवार जगतनारायण महतोलाई ४ सय ७४ मतले पराजित गरेका हुन् ।

पटेलले २ हजार ९ सय १७ मत ल्याउँदा प्रतिस्पर्धी महतोले २ हजार ४ सय ४३ मत ल्याएका छन् । उपाध्यक्षमा सुगन्धीदेवी कनुइनले ३ हजार २ सय ३२ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी लोसपाकी सावित्री देवीले २ हजार ३ सय ८७ मत ल्याएकी थिइन् ।

बाराको १६ वटा पालिका मध्ये करैयामाई र परवानीपुर गाउँपालिकाको मतपरिणाम टुंगो लागेको हो । विवादका कारण ढिलो भएको बाराका बाकी १४ वटा पालिकाको मतगणना जारी रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस