रौतहटको अजगैबीमा प्रहरीले मत हाल्न थालेपछि विवाद भएको खुलासा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.7k
2 मि. पढ्न लाग्ने समय

रौतहट– रौतहटको बौद्धीमाई नगरपालिका १ अजगैबी स्थित मतदान केन्द्रमा स्थानीयबाट मतपत्र खोसेर प्रहरीले नै मतदान गर्न थालेपछि विवाद सुरु भएर मतदान स्थगित भएको खुलासा भएको छ ।

मतदान स्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले मतदान केन्द्रलाई नियन्त्रणमा लिएर आफुखुशी छाताछापमा मोहर लगाउन थालेपछि स्थानीयले त्यसको विरोध गरेका थिए ।

स्थानीयको विरोधलाई प्रहरीले दबाउन खोज्दा झडपको अवस्था सृजना भएको प्रत्यक्षदर्शीले बताएका छन ।

बोकस मत खसाउने प्रहरी टोलीलाई स्थानीयले बन्धक बनाएपछि जिल्लाबाट आएको थप टोलीले स्थितीलाई साम्य पार्न छलफल गरेको थियो ।

उम्मेदवार, दल प्रतिनिधी, प्रहरी अधिकारी, मतदान अधिृत सहितको उपस्थिीमा छलफल गरी विवाद साम्य पारिएको जनमत पार्टीका डा. सुमन्त कुमार कुशवाहाले जानाकारी दिए ।

बदमासी गर्ने प्रहरीलाई कानुनी कारवाहीको माग गर्दै स्थानीयले विरोध गर्न थालेपछि मतदान स्थगित गरिएको थियो ।

यसैगरी बौद्धीमाई नगरपालिका २ ईनर्वाटोलमा बोकस भोटकै विषयमा भएको विवादमा झडप भएको थियो ।

झडपको क्रममा आक्रोशित स्थानीयले मतपेटिका नियन्त्रणमा लिएर आगो लगाई मतपत्र जलाएका थिए ।

यस्तै बौद्धीमाई नगरपालिका ९ सरमुजवा स्थित मतदान केन्द्रमा पनि बोकस भोटकै विषयमा विवाद भई मतदान स्थिगित भएको छ ।

मतदान गरेकै विषयमा रौतहटको फतुवा विजयपुर, यमुनामाई, गढीमाइ, देवाहीगोनाही लगायतका पालिकामा गरी विवाद भई मतदान स्थगित भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

स्थगित भएको निर्वाचन पुनः जेठ ३ गते संचालन गर्ने कार्यतालिका जिल्ला निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको छ ।

यसैगरी सशस्त्र प्रहरीले शनिवार मध्यान्ह चेकजाच गर्ने क्रममा नम्बर प्लेट नभएको ट्रेक्टरको टेलरमा लोड गरिएको लाठी, भाला, फाठा, रड, पाईप, चैन छोपेर देवाही गोनाही तर्फ गईरहेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल देवाही गोनाही बेसका सशस्त्र प्रहरी सहायक निरिक्षक सुरज सिंहले जानकारी दिए ।

बरामद भएको घरेलु हतियार र ट्रेक्टर सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको र ट्रेक्टर चालक फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस