मतदान केन्द्रमा खटिए कर्मचारी र सुरक्षाकर्मी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
2 मि. पढ्न लाग्ने समय

बारा– बाराको १६ वटै स्थानीय तहमा मतदान अधिकृत सहितको कर्मचारी तथा सुरक्षाकर्मीहरु खटिएका छन ।

बैशाख ३० गते हुन लागेको निर्वाचनलाई सम्पन्न गराउन निर्वाचन बन्दोवस्तीका सामान सहित कर्मचारी तथा सुरक्षाकर्मी फिल्डमा खटिएका हुन ।

उनीहरु जिल्ला प्रशासन कार्यालयबाट निर्वाचन सामाग्री सहित गाउ गाउमा रहेको मतदान केन्द्रमा खटिएका छन ।

जिल्लाका अधिकांश सरकारी कार्यालयका कर्मचारी र सरकारी विद्यालयका शिक्षकहरु स्थानीय तहको निर्वाचन सम्पन्न गराउन खटीसकेको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

निर्वाचन सामाग्री बुझ्न मंगलवार जिल्ला प्रशासन कार्यालयमा कर्मचारी तथा सुरक्षाकर्मीहरुको घुईचो लागेको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सहितका सुरक्षाधिकारीहरुको विशेष निगरानीमा कर्मचारी तथा सुरक्षाकर्मीको जिम्मा लगाईएको थियो ।

सरकारी कार्यालयका कर्मचारीहरु निर्वाचनमा खटिएपछि सरकारी कार्यालयको कामकाज ठप्प हुन पुगेको सेवाग्राहीले बताएका छन ।

जिल्लाको ग्रामिण क्षेत्र भने सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका कर्मचारीको बाक्लो उपस्थितीले निर्वाचनमय बनेको छ ।

मंगलवार मध्य रातबाट मौन अवधी सुरु हुनु भन्दा अगाडी सम्म उम्मेदवार तथा तीनका समर्थकहरु मत माग्न घरदैलो तथा निर्वाचन विशेष कार्यक्रम गर्न व्यस्त देखिएका थिए ।

बाराका अधिकांश पालिकामा नेपाली काग्रेस, एमाले, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी लगायतका दलका उम्मेदवारले रैली सहित शक्ती प्रर्दशन गर्नमै व्यस्त देखिएका थिए ।

निर्वाचनलाई शान्तीपुर्ण रुपले सम्पन्न गराउन जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीहरु फिल्डमा खटिएका छन ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस