बारा– बाराको महागढीमाई नगरपालिकाका निवर्तमान मेयर उपेन्द्र प्रसाद यादव (उपन) लाई पुनः मेयरमा जिताउन सोमवार बरियारपुर स्थित सडकमा जनलहर ओर्लिएको छ ।
निवर्तमान मेयर यादवले नगरको हरेक क्षेत्रको विकासमा गरेका उलेख्नीय कामको सराहना गर्दै उनको पक्षमा जनलहर ओर्लिएको हो । पंचवर्षिय गढीमाई मेलाको नामले प्रसिद्ध गढीमाई मन्दिर क्षेत्रको व्यवस्थापन, गढीमाई मेलाको व्यवस्थापन, नगर क्षेत्रका सडक, नाला निर्माण, स्थानीय युवालाई रोजगारीको व्यवस्था, नगर क्षेत्रका विद्यार्थीलाई नियमित विद्यालय जान अभिप्रेरित गर्न साईकल वितरण, छात्रवृति वितरण लगायतका उल्लेख्नीय काम निवर्तमान मेयर यादवले गरेको स्थानीयले बताएका छन ।
महागढीमाई नगरपालिकाका प्रभावशाली नेता एवम गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साह सहितका नागरिक अगुवाहरु पनि उपनले गरेको योगदानकै कदर गर्दै उनलाई खुलेर समर्थन गरेका छन ।
बरियारपुरमा निकालिएको विशाल चुनावी रैलीमा रामचन्द्र साह, नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादव लगायताका नेता कार्यकर्ता तथा ठुलो संख्यामा मतदाता लगायतका गरी हजारौंको सहभागिता रहेको थियो ।
बारा जिल्लाको १६ वटै पालिका मध्ये गढीमाई नगरपालिकालाई उत्कृष्ट बनाउन नगरको समुचित विकासका निम्ती अहोरात्र खटीरहने उपनलाई यसपाली पुनः अवसर दिने सोच बनाईएको बेनौलीका मतदाता राजदेव साहले बताए ।
‘पालिकालाई बुझेका अनुभवी व्यक्तीलाई नै अवसर दिनु उचित हुन्छ,’ उनले भने, ‘पहिलो निर्वाचनमा पालिका संचालनको अनुभव बटुली सकेका उपनलाई अब विकासको काम गर्न सिकी राख्नु पर्दैन ।’ अनुभवी उम्मेदवारलाई जिताउदा विकासले गति पाउने आम मान्यता रहीआएकोले मेयरमा पुनः उपनलाई जिताउन महागढीमाई नगरपालिकाका मतदातालाई उनले सुझाव समेत दिएका छन ।
राजनीतिक भागभण्डा लगाउने र दलित कित्तामा विभाजन नभएर नगरको विकासका निम्ती सोच्ने र अनुभवी उम्मेदवारलाई जिताउनु नगरवासीको दायित्व हो । नगरवासीले नै नगरको समुचित विकासका निम्ती काम गर्ने उम्मेदवारलाई रोज्नु पर्छ ।
निर्वाचनको बेला आर्थिक प्रलोभन देखाएर मासु र मदिरामा बहकाउने उम्मेदवारलाई जिताउदा उसले नगर विकास भन्दा निर्वाचनमा लागेको खर्च असुल उपर गर्नेतिर मात्र बढी केन्द्रित हुने उनको भनाई छ ।